तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा हराएको नगद र सुनचाँदी फिर्ता गर्न सुरु

बाँके। कोहलपुर नगरपालिका–११ स्थित राजस्व अनुसन्धान कार्यालयमा Gen-Z प्रदर्शनका क्रममा भएको आगजनी र लुटपाटमा हराएको नगद र सुनचाँदी फिर्ता हुन सुरु भएको छ।

कोहलपुर–१ का ३२ वर्षीय अजय परियारसहित केही युवाहरूको पहल र स्थानीय समाजसेवी तथा जनप्रतिनिधिको सक्रियतामा सामान फिर्ता भएको हो। सोमबार राति इलाका प्रहरी कार्यालय कोहलपुरमा नगद नेपाली रुपैयाँ १,१७,६५०, भारतीय रुपैयाँ ८४,३६०, सुन ४२१.३२ ग्राम र चाँदी ९,९८४ ग्राम बुझाइयो। यस क्रममा राजस्व अनुसन्धान कार्यालयका शाखा अधिकृत खडक प्रसाद उपाध्याय, जनप्रतिनिधि, समाजसेवी र सुरक्षाकर्मी उपस्थित थिए।

बाँके प्रहरीले स्वस्फूर्त सामान फिर्ता गर्नेहरूलाई कुनै कारबाही नहुने घोषणा गरेपछि जिल्लाका विभिन्न घर र कार्यालयबाट सामान फिर्ता हुन थालेको हो। जिल्ला प्रशासनले विध्वंसमा संलग्नको फोटो, भिडियो र विवरण सर्वसाधारणबाट उपलब्ध गराउन आग्रह गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button