तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा कारागारवाट फरार भएका २ सय बढी कैदीबन्दी कारागार फर्किए

कञ्चनपुर। कञ्चनपुर जिल्ला कारागार वाट फरार भएका कैदीबन्दी कारागार फर्किन थालेका छन् ।

जेन जी आन्दोलनको क्रममा भाद्र २४ गते भागेका ४ सय ५१ जना मध्य २ सय  ३९ जना फिर्ता कारागार आइसकेका छन् ।

कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार फिर्ता हुने मा २२७ पुरुष र १२ महिला रहेका छन् ।

जिल्ला प्रशासनले फरार कैदी बन्दिहरुलाइ स्वयं कारागार वा नजिकैको सुरक्षा निकायमा सम्पर्क गर्न र अटेरी गरिए कानुन बमोजिम हुने भनेपछि फरार कैदीबन्दी धमाधम कारागार फर्कन थालेको कञ्चनपुर  जिल्ला कारागारले जनाएको छ ।

कञ्चनपुर जिल्ला कारागारमा ४ सय ७९ जना कैदी बन्दी रहेकोमा २१ जना भने फरार नभई बसेका थिए।

कारागार तोडेर कैदिबन्दी फरार भए पछि अपराधी घटना बढ्ने भन्दै सर्वसाधारण चिन्तित र त्रसित वनेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button