जलेश्वर कारागारबाट फरार १ सय २८ कैदीबन्दी पक्राउ
जनकपुरधाम । महोत्तरी जिल्लाको जलेश्वर कारागारबाट फरार रहेका १ सय १८ जना बन्दीहरूलाई पुनः जेल फर्काइएको छ ।

कारागारबाट भदौ २४ गते फरार भएका ५ सय ७६ जना बन्दीमध्ये १ सय १८ बन्दी पुनः कारागार प्रशासनको नियन्त्रणमा आइसकेको महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।
जेलबाट फरार भएका कैदी बन्दीमध्ये भारत भागेका डेढ दर्जनलाई भारतीय प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको, कतिपय बन्दीहरू आफै फर्किएको तथा केही संयुक्त सुरक्षा फौजले पक्राउ गरी कारागार ल्याएको उपरीक्षक शर्माले जानकारी दिनुभयो । फरार रहेका बाँकी कैदी बन्दीहरूको खोजी भइरहेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्