तपाईँ सुन्दै हुनुहुन्छः

पोखराका विद्यालयहरू असोज १ गतेदेखि सञ्चालन हुने

पोखरा । युवा पुस्ता जेनजी आन्दोलनको क्रममा देशको असहज परिस्थितिका कारण बन्द रहेका पोखराका विद्यालयहरू आउँदो असोज १ गतेदेखि पुनः सुचारु हुने भएका छन् । 

पोखरा महानगरपालिका नगर कार्यपालिकाको आज बसेको बैठकले महानगरका सम्पूर्ण विद्यालयहरू असोज १ गतेदेखि नियमित सञ्चालन गर्ने निर्णय भएकोले सोही अनुसार गर्नु गराउनु हुन सम्बन्धित सबैमा जानकारी गराउन शिक्षा महाशाखा निर्देशक हेम प्रसाद आचार्यले बताउनुभयो ।

अधिकांश विद्यालयको पहिलो त्रैमासिक परीक्षाको समयमा जेनजी आन्दोलनले परीक्षा नै प्रभावित भएको बताइन्छ । केही समय पश्चात् परीक्षा सञ्चालन हुने भएको हो ।

असामान्य परिस्थितिको कारण विद्यालयहरू यही भदौ २४ गतेदेखि बन्द भएका थिए । महानगरले एक साता विद्यालय बन्द गर्न निर्देशन जारी गरेसँगै केही विद्यालयले सोमबार त केहीले मङ्गलवार विद्यालय सञ्चालन गर्ने तयारी गरेका छन् भने केहीले छठ पर्वसम्मको लागि डेढ महिना बिदा दिएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button