तपाईँ सुन्दै हुनुहुन्छः

नवलपरासी कारागारका ५६ कैदीबन्दी फर्के,आउने क्रम जारी 

नवलपरासी,पश्चिम् । जेनजी आन्दोलनका दिन नवलपरासी कारागार बाट भागेका ५६ जना कैदी बन्दीहरू कारागार फर्किएका छन् । अरू कैदीहरू पनि फर्किने तयारीमा छन् भने केही कैदीहरू फर्किने तयारीमा रहेको उनीहरूले कारागार कार्यालयलाई सम्पर्क गरी जानकारी गराएका छन् ।

कारागारमा पुरुष ४ सय ८८ जना र ८७ महिला गरी र ५७६ कैदी बन्दी रहेका थिए ।उक्त दिन ४४० जना पुरुष कैदी भागेकोमा १८  जना पुरुष कैदीबन्दी र ८७ महिला कैदी बन्दीमा ७३ जना भागेर  १४ जना मात्रै बसेका थिए भने पुरुष र महिला कैद बन्दी गरी ३२ जना मात्रै  कारागारमा बसेको प्रमुख बिकल श्रेष्ठले जानकारी दिनुभयो ।

भागेका बन्दीहरू मध्ये ५ जना महिला र ५१ जना पुरुष गरी हालसम्म ५६ जना कैद बन्दी कारागार फर्किएको श्रेष्ठले बताउनु भयो ।”अहिले सम्म ५६ जना फर्किएका छन्,अरूले पनि आउँदै छौ भनेर सम्पर्क गरिरहनुभएको छ,गाडी नचलेर पनि होला,हेरौँ अब अहिले सम्म आउनुहुन्छ” श्रेष्ठले रेडियो नेपाललाई जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय नवलपरासीले भागेका कैदीबन्दीहरुलाई प्रशासनको सम्पर्कमा आउन सूचना जारी गरेको छ ।कैदीबन्दीहरुले कारागारमा आगजनी र सुरक्षार्थ खटिएकामध्ये ४ सशस्त्र र २ नेपाल प्रहरीका सुरक्षाकर्मीलाई नियन्त्रणमा लिई कारागार कब्जामा लिएर बाहिर निस्केका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button