शान्ति सुव्यवस्था कायम गर्ने कार्यमा सहयोग गर्न सबै पक्षलाई राष्ट्रपति पौडेलकाे अपिल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने कार्यमा सहयोग गर्न सबै पक्षलाई अपिल गर्नुभएको छ ।
आज विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ भन्ने कुरामा आफूले विचार, विमर्श र हरप्रयास गरिरहेको बताउनुभएको छ ।
उहाँले मुलुकमा कसरी लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कायम गर्न सकिन्छ भनेर विचार विमर्श गरिरहेको पनि उल्लेख गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले आन्दोलनकारी नागरिकको माग संशोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन विज्ञप्तिमार्फत आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्