तपाईँ सुन्दै हुनुहुन्छः

बालगृहमा खाना, आवास र सुरक्षामा चुनौती भए सम्पर्क गर्न आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अहिलेको अवस्थामा कुनै पनि बालगृहमा खाना, आवास र सुरक्षामा चुनौती भएमा तत्काल कामपामा सम्पर्क गर्न आग्रह गरेको छ ।  

यदि व्यक्ति वा बाल संस्थालाई समस्या आइपरे बाल अधिकारका लागि राष्ट्रिय अभियानका सङ्घीय समन्वय समिति प्रतिनिधि प्रवीण सिलवाल फोन नम्बर ९८४९०३६४२०, सोनी भट्टराई ९८४३८०४९६४ र सुरेश मगर ९८६९११५१६२ मा सम्पर्क गर्न आग्रह गरिएको छ । 

साथै देशभर रहेका नेपाल बाल सङ्गठनसहितका बालगृह र त्यहाँ संरक्षित बालबालिकाको खाना, सुरक्षित आवास र सुरक्षाका निम्ति तत्पर रहन सम्पूर्ण सरोकारवाला सङ्घसंस्थालाई अनुरोधसमेत गरिएको समितिको केन्द्रीय सदस्य सोनी भट्टराईले जानकारी दिनुभयो ।  

साथै अहिलेको परिस्थितिबाट सिर्जित प्रतिकूल अवस्थालाई सामान्य बनाउँदै लैजानु अबको आवश्यकता भएकाले उक्त कार्यमा जुट्नसमेत सम्पूर्णमा अपिल  गरिएको छ ।     

महानगर पहरी बलसँगको सहकार्यमा घाइते बालबालिकाको उपचार, यातायात समस्या र कुरुवालाई खानपानसहितको समस्या परे सम्पर्क गर्न आग्रह गरेको छ । हाल कामपामा ३१ वटा बालगृहहरू रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button