तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिपक्षी दलहरूको बैठक: जेनजी आन्दोलनबारे छानबिन आयोग गठनको माग

काठमाडौँ । नेकपा माओवादी केन्द्र लगायतका प्रतिपक्षी दलहरूको बैठकले सरकारले जेनजी आन्दोलनमा दमन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । 

प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बसेको संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठकले जेनजी पुस्ताको आन्दोलनमा गरेको दमनका घटनाको जिम्मेवारी प्रधानमन्त्री ओलीले लिनुपर्ने निष्कर्ष निकालेको छ ।

युवाहरूको माग सम्बोधन गर्दै अवस्था साम्य गर्नुपर्ने र युवा पुस्ता जेनजीको आन्दोलनका क्रममा भएको घटनाको आयोग गठन गरी सत्यतथ्य छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न बैठकले माग गरेको नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिनुभयो ।

प्रतिपक्षी दलको बैठकपछि माओवादी केन्द्रका उपमहासचिव पुनले सरकारले युवाहरूको आक्रोशलाई बुझ्न नसकेको र जायज माग सम्बोधन गर्न नचाहेका कारण अहिलेको परिणाम आएको भन्दै जेनजीहरुको मागलाई प्रतिपक्षीको तर्फबाट संवाद गरेर निकास दिन प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button