त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज पाकिस्तानले जित्यो
काठमाडौँ । पाकिस्तानले फाइनलमा अफगानिस्तानलाई ७५ रनले पराजित गर्दै त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज जितेको छ ।
सारजाहमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन बनायो । जवाफमा अफगानिस्तानको इनिङ सुरुदेखि नै धराशायी बन्यो । अफगानिस्तान १५.५ ओभरमा अल आउट हुँदै ६६ रनमा समेटियो ।
सिरिजमा घरेलु टोली युएई पनि थियो । ३ टोलीले एक अर्कासँग २ पटक खेल्दा युएईले कुनै खेल जित्न सकेन । पाकिस्तान र अफगानिस्तानले समूह चरणमा खेल्दा समान एक खेल जितेका थिए ।
यो त्रिकोणात्मक सिरिज मङ्गलवार सुरु हुने एसिया कपको तयारीका लागि आयोजना गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्