तपाईँ सुन्दै हुनुहुन्छः

एभरेस्ट महिला भलिबल लिग : ललितपुर क्विन्सको दोस्रो जित

काठमाडौँ । साबिक उपविजेता ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिगमा लगातार दोस्रो जित हात पारेको छ ।

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको भ्याली डर्बी खेलमा ललितपुरले काठमाडौँ स्पाईकर्सलाई सोझो सेटमा पाखा लगाएको हो । लगातार दुई खेल जित्दै ६ अंक जोडेको ललितपुर शीर्ष स्थानमा छ । ललितपुरले काठमाडौँलाई २५–१९, २५–२३, २५–२१ ले पराजित गरेको हो । 

ललितपुरले पहिलो खेलमा पनि मधेश युनाइटेडलाई सोझो सेटमा पराजित गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button