तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली केराले बजार नपाएपछि किसानहरु चिन्तित

नवलपरासी पश्चिम । नवलपरासीका केरा उत्पादक किसानहरू भारतीय केराको आयातले नेपाली केरा बजारबाट हट्न थालेको भन्दै चिन्तित भएका छन् । 

बिक्रीका लागि तयार बोटमै केराहरू कुहिन थालेपछि किसानहरूले भारतीय केराको आयात रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाएका छन्।

झन्डै १८ सय बिगाहा क्षेत्रफलमा लगाईएको केराको लागत उठाउन नसकिने किसानले बताएका छ्न । गत वर्ष प्रति दर्जन ४५ रुपैयाँमा बिक्री हुने केरा यस वर्ष २० रुपैयाँमा पनि नबिकेर किसान मर्कामा परेको अध्यक्ष लक्खु यादवले बताउनुभयो।

तर, लुम्बिनी प्रदेशका कृषि मन्त्री दिनेश पन्थीले किसानहरूबाट बजार नपाएको बारे कुनै औपचारिक जानकारी प्राप्त नभएको बताउनुभयो। “हामीलाई बजार नपाएको भनेर कुनै जानकारी आएको छैन,” मन्त्री पन्थीले उल्लेख गर्नुभयो।

प्रमुख जिल्ला अधिकारी रेग्मीले ज्ञापनपत्र बुझ्दै आफ्नो तहबाट समस्या समाधानको पहल गर्ने र अन्य निकायसँग समन्वय गर्न किसान अगुवाहरूलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button