तपाईँ सुन्दै हुनुहुन्छः

मुगुमा तीन दिनदेखि हवाई सेवा अवरुद्ध हुँदा यात्रु अलपत्र

मुगु । मुगु जिल्लामा अविरल वर्षा र खराब मौसमका कारण विगत तीन दिनदेखि हवाई सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। रारा विमानस्थल ताल्चामा उडान रोकिएपछि जिल्लामा आउजाउ गर्ने यात्रुहरू अलपत्र परेका छन्।

सदरमुकाम गमगढी र आसपासका गाउँबाट ताल्चा विमानस्थल पुगेका यात्रुहरू दिनदिनै विमानस्थलमै प्रतीक्षा गर्दै निराश भएर फर्किन बाध्य भएका छन्। आकस्मिक काम, स्वास्थ्य उपचार र अन्य जिल्लामा पुग्ने उद्देश्यले आएका यात्रुहरूको समस्या झन् गहिरिँदै गएको छ।

रारा विमानस्थलका प्रमुख रामेल बरियाले अविरल वर्षाका कारण आकाशमा आकाशमा बाक्लो हुस्सु र कुहिरोको कारण जहाज उड्न नसकेको जानकारी दिनुभयो ।  जिल्लाबाहिर जाने यात्रुहरूको चाप उतिकै भएको र सम्भवतः बुधवारबाट उडान सुचारु हुन सक्ने पनि प्रमुख बरियाले बताउनुभयो । 

मौसममा सुधार आउनासाथ नियमित उडान गर्ने तयारीमा समिट, तारा र सीता एयरका जहाज रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button