दोलखाको लापिलाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । दोलखाको लापिलाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराह्न ३ः१३ बजे दोलखाको लापिलाङ आसपास केन्द्रबिन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प भएको हो ।
आज बिहान पनि गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको कम्पन भएको थियो । रासस
प्रतिक्रिया राख्नुहोस्