तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा तीन दिनमै ११३ छाउगोठ भत्काइयो

अछाम। अछाम जिल्लामा पछिल्लो तीन दिनमा ११३ छाउगोठ भत्काइएका छन् । पञ्चदेवल विनायक नगरपालिका र बान्नीगढी जयगढ गाउँपालिकाका विभिन्न स्थानमा प्रहरीको सक्रियतामा छाउगोठ भत्काइएको हो ।

भाद्र १३ गते पञ्चदेवल विनायक–८ बारलामा महिनावारी भएका बेला त्रिपालमा सुतेका दुई महिलाको ढुंगाले च्यापिएर मृत्यु भएपछि छाउगोठ भत्काउने अभियान तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button