प्रदेश लोकसेवा आयोगद्वारा कोशी प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन हस्तान्तरण

मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ समक्ष प्रदेश लोक सेवा आयोगले आर्थिक बर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन आज बुझाएको छ ।
प्रदेश लोक सेवा आयोगको ऐन, २०७६ को दफा ४९ को उपदफा (१) बमोजिम प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले छैटौँ वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभयो ।
प्रदेश प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै मुलुकको सार्वजनिक प्रशासन सेवा सञ्चालनका निम्ति आयोगले गर्दै आएका काम कारबाहीप्रति जनताको विश्वास रहेको उल्लेख गर्नुभयो । उहाँले आयोगले गर्ने दरखास्त आव्हान, परीक्षा, उम्मेदवार छनोटलगायत सम्पूर्ण क्रियाकलापप्रति जनताको भरोसा रहेको स्पष्ट पार्नुभयो ।
प्रमुख खापुङले नेपालको संविधान र ऐन, कानुनअनुसार आयोगले समावेशी, योग्य, दक्ष, इमानदार र अनुभवी कर्मचारीको सिफारिस गर्ने गरेकामा प्रशंसा गर्नुभयो । उहाँले प्रविधिको प्रयोग गरी जनतालाई सेवा गर्न सक्ने कर्मचारी प्रतिस्पर्धामार्फत छनोट गर्न सुझाव दिनुभयो ।
सो अवसरमा आयोगका अध्यक्ष गुरागाईँले आयोगले ५७० पदका लागि ५५२ जना उम्मेदवार सिफारिस गरिएको मध्ये प्रदेशगत रूपमा कर्णाली प्रदेशबाट सबैभन्दा बढी ३४।६ प्रतिशत सिफारिस भएको जानकारी दिनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्