तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीबाट शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन

राष्ट्रिय हित र अन्तर्राष्ट्रिय मुद्दा उठान

चीन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको छ । उहाँले सम्बोधनका क्रममा मुलुकको हित, द्विपक्षीय र अन्तर्राष्ट्रिय विषयमा भनाइ राख्नुभएको थियो ।

चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारदेखि सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्नुभएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा हुनुहुन्छ । 

प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीचको दुई पक्षीय भेटवार्ताको क्रम पनि जारी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button