तपाईँ सुन्दै हुनुहुन्छः

फरक क्षमता भएकी २७ वर्षीया पन्थलाई निवासमै नागरिकता

तनहुँ। जिल्ला प्रशासन कार्यालय तनहुँले फरक क्षमता  (अपाङ्गता)भएलाई निवासमा नै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गर्ने कार्यलाई जारी राखेको  छ । 

यस क्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले आइतबार व्यास नगरपालिका–११ का मिनानाथ पन्थ र पवित्रादेवी पन्थकी फरक क्षमता भएकी छोरी २७ वर्षीया सविना पन्थलाई निवासमै नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभयो । 

विविध कारणवश हालसम्म नागरिकता प्राप्त नगर्नुभएकी सविनालाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रतिअ अधिकारीले जानकारी दिनुभयो । 

सविनाको नागरिकता प्रमाणपत्रको सम्पूर्ण विवरण जिल्ला प्रशासन कार्यालयमा तयार गरिएको थियो । प्रमुख जिल्ला अधिकारी अधिकारीले भन्नुभयो, “ छिटो, छरितो र सहुलियत ढङ्गले सेवा प्रवाह गर्नु हाम्रो कर्तव्य हो, सविना अपाङ्गता भएका कारण आवतजावतमा समस्या हुने भएपछि घरमै पुगेर नागरिकता दियौँ । यस्ता कार्यले सरकारप्रतिको भरोसा र सकारात्मक धारणा थप अभिवृद्धि भएर जाने छ । ” 

यसअघि प्रतिअ अधिकारीले गत साउन ६ गते म्याग्दे गाउँपालिका–१ गुणादी निवासी फरक क्षमता भएकी २० वर्षीया नविना खनाललाई उहाँको निवासमै नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button