तपाईँ सुन्दै हुनुहुन्छः

कम्युनिष्टहरुबीच फेरि पार्टी एकता आवश्यक छ: दाहाल

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टहरुबीच फेरि पार्टी एकता आवश्यक भएको बताउनुभएको छ । 

नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई आज बुटवलमा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो  ।

कम्युनिस्ट आन्दोलन र समाज जोडिनेतिर अगाडि बढिरहेको जिकिर गर्दै अध्यक्ष दाहालले माओवादी केन्द्र जति शक्तिका साथ आक्रामक ढङ्गले आफ्नो विचार अगाडि लैजान्छ अन्य पार्टीमा ध्रुवीकरण पनि त्यही स्तरमा बढ्ने र त्यसको नेतृत्व आफूहरूले गर्नुपर्ने बताउनुभयो ।

बैठकमा पार्टीका उपमहासचिव वर्षमान पुन, पार्टीका सचिव तथा प्रदेश इन्चार्ज चक्रपाणि खनाल र स्थायी समितिका सदस्यहरूको उपस्थिति रहेको पार्टीको लुम्बिनी प्रदेश समितिका अध्यक्ष सुदर्शन बरालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button