तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध सडक तदारुकताका साथ खोल्न प्रयास गरिने

काठमाडौँ । बाढीपहिरोका कारण अवरुद्ध  सडक तदारुकताका साथ खोल्न प्रयास गरिने भएको छ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आज भएको बैठकमा विपद् पूर्वतयारी प्रतिकार्य शाखाले प्रभावित सडकबारे जानकारी दिएपछि गृह मन्त्रालयलगायत सम्बद्ध निकायका अधिकारीहरूले यथाशीघ्र बन्द सडक खोल्न प्रयत्न गर्ने बताएका हुन् । 

बाढीपहिरोले पासाङल्हामु राजमार्गअन्तर्गत रसुवा– गोसाईंकुण्ड, अरनिको राजमार्गअन्तर्गत भोटेकोशी –कोदारी र घट्टेखोला, बेनी–जोमसोम सडक खण्डअन्तर्गत दुईखोलीमा सडक अवरुद्ध छ ।  घोराही–थवाङ सहिद मार्गअन्तर्गत त्रिवेणीमा, भेरी करिडोरको छलघाट, कर्णाली राजमार्गको शुभकालीन  र भेरी करिडोरअन्तर्गत आठबिसकोटमा बाटो बन्द भएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button