पुलिस क्लबद्वारा एपिएफ २–० ले पराजित
काठमाडौँ । लिग लिडर नेपाल पुलिस क्लब एन्फा यु–१६ युथ लिगमा शुक्रबार विभागीय प्रतिद्वन्द्वी एपिएफ फुटबल क्लबविरुद्ध २–० गोलको जित दर्ता गरेको छ ।
जितसँगै १६ खेलमा ३८ अंक जोडेको छ । पराजित एपिएफ समान खेलबाट २६ अङ्कका साथ सातौं स्थानमा छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा पुलिसलाई जित दिलाउन राजु दर्जी र प्रसन राईले गोल गरे ।
शुक्रवारै सम्पन्न अर्को खेलमा सङ्कटाले फ्रेन्ड्सविरुद्ध २–१ को जित निकाल्यो ।
आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लबले एन्फा महिला लिग छनोटमा शुक्रबार छहारी युवा क्लबविरुद्ध ३–२ गोलको रोमाञ्चक जित दर्ता गरेको छ ।
जितसँगै आरएस रिसोर्टले चार खेलमा ९ अंक जोडेको छ । पहिलो पराजय बेहोरेको छहारीको समान खेलबाट सात अंक छ । च्यासल मैदानमा आरएस रिसोर्टलाई जित दिलाउन इशा चौधरी, गीता श्रेष्ठ र उषा शाहीले गोल गरे । छहारीका लागि दुवै गोल अस्मिता चौधरीले फर्काइन् ।
प्रतिक्रिया राख्नुहोस्