तपाईँ सुन्दै हुनुहुन्छः

सहिद परिवार लक्षित कार्यक्रम कार्यान्वयनबारे छलफल

महेन्द्रनगर । मधेसी सहिद प्रतिष्ठानले चालु आर्थिक वर्षमा सहिद परिवार लक्षित कार्यक्रम कार्यान्वयनका लागि छलफल गरेको छ । 

आज यहाँ प्रतिष्ठानका अध्यक्ष एवं गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा बसेको बैठकमा चालु आवका लागि विनियोजित रु दुई करोड रकमलाई सहिद परिवार र तिनका सन्तानलाई प्रत्यक्ष फाइदा पुर्‍याउने गरी कार्यक्रम कार्यान्वयन गरिनुपर्नेमा जोड दिइएको छ । 

गृहसचिव विमलप्रसाद बरालले सहिद परिवारको सम्मानका लागि विनियोजित रकमबाट स्वास्थ्य, शिक्षा, सीप विकासलगायत कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा विभिन्न निर्णय गरिएको बताउनुभयो । 

बैठकले सहिदको ‘प्रोफाइल’ निर्माण तथा प्रकाशन, सहिद स्मृति पुरस्कार, स्वास्थ्य बिमा, बलिदानी दिवस आयोजना, सहिदका सन्तानलाई छात्रवृत्ति, सीप विकास तथा लोकसेवा तालिम सञ्चालन, सहिद स्मृति पार्क निर्माण गर्नेलगायत निर्णय गरेको उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button