तपाईँ सुन्दै हुनुहुन्छः

दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–६ रमिते डाँडामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । 

मङ्गलवार राति ९ बजेतिर लामोसाँगु जिरी सडक खण्डमा पर्ने रमिते डाँडामा चरिकोट तिरबाट जाँदै गरेको बा. प्र. ०२– ०३४ प ३२४२ नम्बरको मोटरसाइकल र उताबाट आउँदै गरेको बा ९३ प ८८९९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । 

दुर्घटनामा भीमेश्वर नगरपालिका–५ का २३ वर्षीय शिरिष बस्नेत र दोलखा बैतेश्वर गाउँपालिका–३ मिर्गेका २६ वर्षीय सुजन दहाल भनिने श्याम बहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले बताउनुभयो ।

चरिकोट तिरबाट जाँदै गरेको बा. प्र. ०२– ०३४ प ३२४२ नम्बरको मोटरसाइकल निर्मल खड्काले चलाएको र मृतक शिरिष बस्नेत पछाडि बसेको प्रहरीले जनाएको छ । त्यसैगरी उताबाट आउँदै गरेको बा ९३ प ८८९९ नम्बरको मोटरसाइकलमा मृतक सुजन दहाल मात्र रहेको जनाइएको छ । 

चरिकोटबाट जाँदै गरेको मोटरसाइकलको चालक निर्मल खड्का भने सामान्य घाइते मात्र भएको प्रहरीको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button