तपाईँ सुन्दै हुनुहुन्छः

सडक भत्किएपछि कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला ।कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षापछि सडक भत्किएपछि राजमार्ग अवरुद्ध भएको हाे । कर्णाली राजमार्गको जुम्ला- कालिकोट सडक खण्डक अन्तर्गत कालिकोट खाँडाचक्र नगरपालिका वडा नं २ स्थित कालेखाेलामा सडक भत्किएको छ ।

कालिकोट प्रहरीका अनुसार कालेखाेलामा सडकको ठुलो भाग भत्किएपछि गोरेटो बाटो मात्रै रहेको र सवारी आवागमन दुवै तर्फी पूर्ण रुपमा बन्द भएको छ ।

सडक सुचारु गर्नका लागि तत्काल भत्किएको क्षेत्र पुर्ननिर्माण भन्दा भिड फोड्नु पर्ने देखिएको छ । यता सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले अवरुद्ध सडक खुलाउन सडक डिभिजनले जनशक्ति मेसिन परिचाल गर्ने तयारी गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,’भिड्नै फोड्नु पर्ने देखिएकाेले जुम्लाबाट ब्रेकर पठाउने तयारी छ । सानो डोजरले काम गर्ने देखिएन । जानकारी पाए लगत्तै अवरुद्ध खुलाउन लागि परेका छाै ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button