तपाईँ सुन्दै हुनुहुन्छः

तिजको अवसरमा प्रथम महिला पौडेलद्वारा पशुपतिमा पूजा

काठमाडौँ । प्रथम महिला सबिता पौडेलले हरितालिका तिजको अवसरमा पशुपतिनाथको दर्शन एवम् पूजा अर्चना गर्नुभएको छ । 

प्रथम महिला पौडेलले मङ्गलवार पशुपतिनाथको मन्दिरमा विधिपूर्वक पूजा गरेर मन्दिरका पुजारीबाट टीका ग्रहण गर्नुभयो । 

नेपाली महिलाहरूको महान् चाड तीजका अवसरमा पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा बिहानैदेखि व्रतालु महिला भक्तजनहरूको भीड लागेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button