विराटनगरमा प्राविधिक शिक्षा नमुना केन्द्र स्थापना
विराटनगर । विराटनगर महानगरपालिकामा प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम प्रवर्द्धन केन्द्र स्थापना गरिएको छ ।
सगरमाथा आइ ल्याब समूह (कोशी प्रदेश), काठमाडौँ विश्वविद्यालय अन्तर्गतको स्कुल अफ एजुकेसन र स्वीजरल्याण्डको इटीएच ज्युरिचको सहकार्यमा सञ्चालित आइ ल्याब कार्यक्रम अन्तरगत सो केन्द्र स्थापना गरिएको हो । स्थानीय तह, निजी क्षेत्र, शैक्षिक संस्था र समुदायबिचको सहकार्यमा स्थापित उक्त केन्द्रले नेपालमा सीपयुक्त जनशक्तिको खाँचो टार्न प्राविधिक शिक्षामा आमूल सुधारको आवश्यकता पूरा गर्ने विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बताउनुभयो ।
सगरमाथा आइ ल्याब समूहले सञ्चालनमा ल्याएको ‘सीप संवर्द्धन, तालिम पहुँच र रोजगारी जोड्ने कार्यक्रम’ अन्तर्गत समूहले गाउँ–टोलमै पुगेर तालिमको पहिचान गरी उद्योगसँगको सहकार्यमा युवालाई रोजगारी तथा बजारसँग जोड्न सेतुको काम गर्ने बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्