तपाईँ सुन्दै हुनुहुन्छः

भिरबाट लडेर महिलाको मृत्यु 

सल्यान । सल्यानमा गोठालो जाँदा भिरबाट लडेर महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बागचौर नगरपालिका-१० पिपलनेटाकी २४ वर्षीय दिपा ओली बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । माइतीघर बागचौर नगरपालिका-९ परिलेख गएकी ओली भिरबाट लडेर गम्भीर घाइते हुनु भएको थियो । 

सोमबार साँझ लडेर गम्भीर घाइते हुनु भएकी उहाँको उपचारका लागि सल्यान जिल्ला अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनु भयो । मोखल्यान सामुदायिक वनमा बाख्रा चराई घर फर्किने क्रममा भिरबाट करिब ५ सय मिटर तल लडेर टाउकोमा गहिरो चोट लागेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button