भन्सार छलीको इण्डियन डिउ सहित मिनि ट्रक नियन्त्रणमा
उदयपुर । उदयपुर प्रहरीले अवैध रुपमा भन्सार छली गरेर नेपाल भित्रिएको इण्डियन कोल्ड ड्रिङ्क (डिउ) सहित मिनि ट्रक नियन्त्रणमा लिएको छ ।

आज सोमबार बिहान करिब साढे ४ बजेको समयमा जिल्लाको कटारी नगरपालिका वडा न-१ बेलस्रोतमा प्रहरी चेकजाँचका क्रममा अवैध भन्सार छलीको सामान इण्डियन डिउ(कोल्ड ड्रिङ्क) सहित मिनि ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

कटारी नगरपालिका-१ स्थित सिद्धिचरण लोकमार्ग भएर मिर्चैयाबाट घुर्मीतर्फ जाँदै गरेको बा ३ ख ३९६ नम्बरको मिनि ट्रक चेकजाँच गर्ने क्रममा झन्डै ३ लाख १७ हजार ५ सय २० रुपैयाँ बराबरको २ सय ४५ कार्टुन अवैध इण्डियन डिउ सहित ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईँले जानकारी दिनुभयो । उपरीक्षक चापागाईंका अनुसार सिद्धिचरण लोक मार्गमा खटिएको प्रहरीले मिनीट्रक चेकजाँच गर्ने क्रममा भन्सार छली अवैधरुपमा बिना बिलको इण्डियन डिउ फेलापारी, इण्डियन डिउ, मिनीट्रक सहित सवारी चालक सिन्धुली जिल्ला फिक्कल गाउँपालिका वडा न-५ बस्ने २९ वर्षका भेषनाथ लुइँटेललाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेको अवैध भन्सार छलीका डिउ, सवारी साधन र सवारी चालक भेषराज लुइँटेललाई अनुसन्धान पश्चात् आवश्यक कारबाहीको लागि खैरटोका माडर भन्सार कार्यालय सिरहा पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्