ललितपुर क्विन्सद्वारा इडब्लुभीका लागि थाइल्यान्डकी पिन्सुवानलाई आबद्ध
काठमाडौँ । ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो संस्करणका लागि थाइल्यान्ड राष्ट्रिय महिला भलिबल टोलीकी आउट साइड हिटर दारिन पिन्सुवानलाई आबद्ध गरेको छ ।
अर्को साता सुरु हुने इडब्लुभीका लागि ललितपुर क्विन्सले आफ्नो तेस्रो विदेशी खेलाडीको रूपमा दारिनलाई अनुबन्ध गरेको आइतबार सामाजिक सञ्जाल मार्फत जनाएको छ । ललितपुरले यसअगि नै थाइल्यान्डकै वारन्या श्रिलाओङ र पट्राथिप सान्त्रकुनलाई अनुबन्ध गरिसकेको छ ।
३० वर्षकी दारिनसँग थाइल्यान्ड, दक्षिण कोरिया, चाइनिज ताइपेई जस्ता राष्ट्रिय खेलमा खेलिसकेको अनुभव छ । उनी सम्मीलित थाइल्यान्ड राष्ट्रिय महिला भलिबल टोलीले सन् २०१४ मा दक्षिण कोरियाको इन्चोन सहरमा आयोजना भएको एसियन गेम्समा कांस्य पदक जितेको थियो ।
ललितपुरको गुडविल एम्बासडरमा दक्षिण एसियाली खेलकुदको ३ वटा स्वर्ण पदक जितेकी आयशा शाक्य रहेकी छिन् ।
इडब्लुभी भदौ २० देखि २८ सम्म पोखरामा हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्