तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कुशेऔंशीमा मानवसेवा आश्रमद्वारा बुबाहरूलाई सम्मान

बाँके। मानवसेवा आश्रम, बाँके शाखामा कुशेऔंशीको अवसरमा विशेष कार्यक्रम आयोजना गरी ६० वर्ष नाघेका २० जना बुबाहरूलाई सम्मान गरिएको छ।

कार्यक्रममा आश्रमका अभिभावकहरूले बुबाहरूलाई टीका, टोपी, फलफूल र मिठाई प्रदान गरेका थिए। यस अवसरमा बोल्दै अभिभावक जैकेश सिंहले उमेर ढल्किँदा सन्तानले बुबाआमाप्रति दायित्व पूरा नगर्ने अवस्था बढ्दो भएको बताउनुभयो। सुशिला शर्माले पनि आफ्ना अनुभूति साझा गर्दै “८० वर्ष नाघे पनि अझै आफ्ना बुबालाई सम्झन्छु” भन्नुभयो।

कार्यक्रममा गोविन्द पाण्डे, कृष्णप्रसाद श्रेष्ठ, भावना सापकोटा, जितबहादुर शाह, कृष्णमुरारी भट्टलगायतको उपस्थिति थियो।मानवसेवा आश्रमका सह–संयोजक विष्णु घर्तीले मानव सेवा नै संसारकै ठूलो कार्य भएको उल्लेख गर्दै सहाराविहीन मानिसलाई उद्धार गरी आफन्तसँग भेट गराउँदा सबैभन्दा ठूलो खुशी मिल्ने अनुभव सुनाउनुभयो।

मानवसेवा आश्रम, नेपालगञ्जमा हाल ६५ जना आश्रित रहेका छन्, जसमा ४५ पुरुष, २० महिला र तीन वर्षीया एक बालिका छन्। आश्रम जन्मदिन, पितृ स्मृति तथा विशेष अवसरमा प्राप्त नगद र जिन्सी सहयोगकै भरमा सञ्चालन हुँदै आएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button