पहिरोले अवरुद्ध बनेको त्रिभुवन राजपथ सञ्चालन
मकवानपुर । त्रिभुवन राजपथको हेटौँडा–काठमाडौँ खण्डअन्तर्गत भिमफेदी गाउँपालिका–१ बाघझोरा नजिक गए राति सुक्खा पहिरो गएर अवरुद्ध बनेको सडक आज सञ्चालनमा आएको छ । ठूलाठूला डोजरको सहयोगमा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरी हेटौँडा–काठमाडौँ खण्डको कान्ति लोकपथको भिमफेदी गाउँपालिका–८ भर्याङ डाँडामा हिजो गएको पहिरोले सडक अवरुद्ध भएकामा आज दिउँसो सो पहिरो पन्छाएपछि यातायातका साधन सञ्चालनमा आएका छन् ।
प्रतिक्रिया राख्नुहोस्