तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल पाकिस्तान शाहीन्ससँग एक रनले पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय टोली अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी-२० शृङ्खलामा शुक्रवार पाकिस्तान शाहीन्ससँग एक रनले पराजित भएको छ ।

चौथो पराजयसँगै  ६ खेलमा चार अङ्क जोडेको नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।  यसअघि नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२, बङ्गलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीविरुद्ध ६६ र मेलबर्न रेनेगेड्स एकेडेमीविरुद्ध ३३ रनको जित निकालेको थियो ।

डार्विनको मरारा क्रिकेट ग्राउन्ड २ मा पाकिस्तानले प्रस्तुत गरेको १४५ रनको लक्ष्य नेपालले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै १४३ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ४४ बलमा ६ चौका र एक छक्काको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे । यसैगरी दीपेन्द्रसिंह ऐरीले ४१, आसिफ शेखले २७ र लोकेश बमले १० रन बनाए ।

पाकिस्तानका लागि मोहम्मद वासिम र फैसल अक्ररमले समान दुई तथा मोहम्मद सलमानले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४४ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका लागि कप्तान इरफान खानले अविजित ४२, अब्दुल समादले २६, मोहम्मद वासिमले २३, यासिर खानले १८ र मेहरन मुम्ताजले १० रन बनाए ।

नेपालका लागि सोमपाल कामीले तीन, नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले समान दुई तथा कुशल भुर्तेलले एक विकेट लिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button