तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल  र पाकिस्तान शाहिन्सबीचको खेल सुरु, पहिले बलिङ गर्दै नेपाल

काठमाडौँ । अष्ट्रेलियामा जारी टप इन्ड टी–२० शृङ्खलाअन्तर्गत नेपाल र पाकिस्तान शाहिन्सबीचको खेल सुरु भएको छ । पाकिस्तान शाहिन्सका कप्तान इरफान खानले टस जित्दै नेपाललाई पहिलो बलिङको निम्तो दिए । 

डार्बिनको मरारा क्रिकेट मैदानमा खेल हुँदैछ । जारी शृङ्खलामा यसअघि नेपालले खेलका पाँच खेलमा तीनमा हार र दुईमा जित दर्ता गरेको छ । 

नेपाल यसअघि नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको थियो भने बङ्गलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो । नेपाले होबर्ट हुरिक्यान्स एकेडेमीलाई ६६ र मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनको हराएको थियो । 

कुल ११ टोली सहभागी प्रतियोगितामा ६ लिग खेलपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।  नेपाल हाल पाँच खेलमा चार अङ्कका साथ सातौँ स्थानमा छ । 

पाकिस्तान समान खेलबाट ६ अङ्कका साथ दोस्रो स्थानमा छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button