निजामती सेवामा खुला सहसचिवको व्यवस्था विवादमा, समिति बैठक निष्कर्षविहीन
काठमाडौँ । निजामती विधेयकमा दफावार छलफल गर्न बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा निजामती सेवामा सहसचिव खुल्ला गर्ने कि नगर्ने भन्ने विषयमा सरकार र सांसदहरूबिच विवाद भएपछि बैठक विना निष्कर्ष टुङ्गिएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरु गोपाल भट्टराई, डा. वेदुराम भुसाल, पदमबहादुर परियार, आनन्दप्रसाद ढुङ्गाना, डा अन्जान शाक्य, सुरेश आलेमगर, सुमित्रा बिसी लगायतले निजामती सेवामा खुला सहसचिवको व्यवस्था गर्नुपर्ने गरी विधेयक संशोधन गर्न प्रस्ताव गर्नुभयो ।

बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले प्रतिनिधिसभाबाट पारित भई प्रतिवेदनसहित आएको विधेयकका व्यवस्था जस्ताको तस्तै पारित गर्नुपर्ने धारणा राखेपछि बैठक विना निष्कर्ष पुग्न नसकेको हो ।
प्रतिक्रिया राख्नुहोस्