विधायन समितिमा निजामती विधेयकमा दफावार छलफल जारी

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा सङ्घीय निजामती विधेयकमाथि आज पनि दफावार छलफल भएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरू गोपाल भट्टराई, डा.वेदुराम भुसाल, पदम परियार, आनन्दप्रसाद ढुुंगाना, डा अन्जान शाक्य, सुरेश आले मगर, तुलबहादुर विश्वकर्मालगायतले निजामती सेवामा संसद् सेवा, न्याय सेवा, भेटनरी सेवा तथा स्वास्थ्य सेवालाई पनि समावेश गर्नुपर्ने बताउनुभयो ।
बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले शक्ति पृथकीकरणको सिद्धान्तका हिसाबले उल्लेखित सेवाहरू एकै ठाउँमा राख्न नहुने बताएपछि उक्त विषयमा सहमति जुट्न सकेन ।
हिजो देखि दफावार छलफल सुरु विधेयकको आज दफा १० सम्म छलफल भएको छ ।
प्रतिक्रिया राख्नुहोस्