तपाईँ सुन्दै हुनुहुन्छः

भूमि सम्बन्धी संशोधन विधेयकको प्रतिवेदन समितिबाट पारित

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको अन्तिम प्रतिवेदन समितिबाट बहुमतले पारित भएको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्ने प्रावधान विधेयकमा समेटिएको बताउनुभयो । 

मन्त्री अधिकारीले वन मन्त्रालयसँगको समन्वयमा वन तथा निकुञ्ज क्षेत्रबाट विस्थापित भएकाहरूलाई विधेयकले सुविधा दिने व्यवस्था गरिएको प्रष्ट पार्नुभयो । बैठकमा केही सांसदहरूले समितिबाट विधेयक तत्काल पारित नगर्न माग गर्दै थप छलफल जरुरी रहेको आवश्यकता औँल्याउनुभयो । 

केही सांसदहरूले भने विधेयकलाई सभामा पठाएर विस्तृत छलफल अघि बढाउनुपर्नेमा जोड दिनुभयो । त्यस क्रममा केही सांसदहरूले प्रतिवेदनमा हस्ताक्षर नगरी बैठकबाट बाहिरिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button