सत्तरी लाख खर्चेर ‘डिप बोरिङ’
सिरहा । खडेरीले रोपाइँ गर्न नपाएका किसानको सहायतार्थ गोलबजार नगरपालिका–२ निपनियामा रु ७० लाखको लागतमा डिप बोरिङ गरिएको छ । साथै १० हजार लिटर क्षमताको ट्याङ्की पनि निर्माण गरिएको छ ।

कमला सिँचाइ कार्यालयैका अनुसार यो बोरिङबाट ७० बिघामा सिँचाइ सेवा उपलब्ध हुनेछ । बुधबारदेखि प्रारम्भ भएको बोरिङ सेवाको पूर्वमन्त्री लीलानाथ श्रेष्ठले उद्घाटन गर्नुभयो ।
त्यस अवसरमा गोलबजार नगरका प्रमुख श्यामकुमार श्रेष्ठले हालसम्म नगरमा ६ वटा डिप बोरिङ खनिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्