तपाईँ सुन्दै हुनुहुन्छः

‘शान्ति सुरक्षा र अपराध नियन्त्रणमा सबैको हातेमालो जरुरी’

धनगढी  । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमल बहादुर शाहले शान्ति सुरक्षा र अपराध नियन्त्रण कार्यमा सबैको हातेमालो जरुरी रहेको बताउनुभएको छ ।

धनगढीमा आज जिल्ला समन्वय समितिको वार्षिक प्रगति समीक्षा एवं स्थानीय तहको असल अभ्यास सम्बन्धि अनुभव आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री शाहले अपराध नियन्त्रणका सवालमा प्रभावकारी ढङ्गले काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले लागू औषध दुब्यर्सन जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि समुदाय, जनप्रतिनिधि लगायतको महत्पूर्ण भूमिका रहने बताउनुभयो ।

मुख्यमन्त्री शाहले प्रदेश निजामती ऐन र स्थानीय सेवा ऐनलाई कार्यान्वयन र व्यवस्थित गर्न सरकार लागिपरेको र ऐनमा कमीकमजोरी देखिए संशोधनको बाटो खुला रहेको बताउनुभयो । उहाँले स्थानीय तहको वित्तीय हस्तान्तरण १२ प्रतिशत पुगेको बताउनुभयो । 

जिल्ला समन्वय समितिका प्रमुख टीका चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक मामिला राज्य मन्त्री प्रकाश बम, प्रदेश सभा सदस्य सुरक्षा अधिकारी, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button