तपाईँ सुन्दै हुनुहुन्छः

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयक दफावार छलफलका लागि समितिमा

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘ मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई स्वसहमतिले स्वीकृत गरेको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

सरकारले सो विधेयक, २०८१ चैत ११ गते प्रतिनिधिसभामा दर्ता गराएको थियो । सो विधेयकमाथि गत साउन आठ गते प्रतिनिधिसभामा सामान्य छलफल भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ५ गते बिहीबार अपराह्न १ः०० बजे बस्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button