तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय परिचयपत्र बनाउन हिँडेका वृद्धको ढलेर मृत्यु

अछाम । अछाममा राष्ट्रिय परिचयपत्र बनाउन हिँडेका वृद्धको ढलेर मृत्यु भएको छ । मङ्गलवार तुर्माखाँद गाउँपालिका–३ लकान्द्राका ७३ वर्षीय मनहरे कामीको राष्ट्रिय परिचयपत्र बनाउन जाने क्रममा ढलेर मृत्यु भएको हो। 

बिहान घरबाट राष्ट्रिय परिचयपत्र बनाउनको लागि कमलबजार नगरपालिकामा रहेको दर्ता स्टेसन आउँदै गर्दा कमलबजार नगरपालिका २ कमल पोखरा स्थित रहेको नगरपालिकाको ग्राउन्डमा हिँड्दाहिँड्दै उनी एक्कासि ढलेका थिए ।

स्थानीयहरूले तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र कमलबजार लगेको र मध्याह्न १२ः३५ बजे डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। 

सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि अछाम जस्ता दुर्गम क्षेत्रका ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूले सास्ती खेप्नुपरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button