वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
नवलपरासी पश्चिम् । पश्चिम् नवलपरासीको सुस्ता गाउँपालिका स्थित कुडियामा रहेको बागमती खाडसारी चिनी मिल्समा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुस्ता २ कुडिया निवासी ३८ वर्षीय विजय हजाम रहेका छन् । दिउँसो २:३० बजे चिनी मिलको पाइप लाइनमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर उनी करिब २० फिट तल खसेको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले जनाएको छ ।
खसेर गम्भीर घाइते भएका उनको सहिद स्मृति सामुदायिक अस्पताल चैपत्तामा उपचारको क्रममा दिउँसो तीन बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी विगत १६ वर्षदेखि उक्त मिलमा काम गर्दै आएका थिए ।
प्रतिक्रिया राख्नुहोस्