तपाईँ सुन्दै हुनुहुन्छः

उपयुक्त वातावरण बनेपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छ : महासचिव पोखरेल

सुदूरपश्चिम । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले उपयुक्त वातावरण बनेपछि संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताउनुभएको छ ।

कैलालीको अत्तरियामा प्रेस चौतारी नेपालले आज गरेको पत्रकार सम्मेलनमा उहाँले अहिले संविधान संशोधनको वातावरण बनिनसकेको स्पष्ट पार्नुभयो ।

पोखरेलले भन्नुभयो, “संविधान संशोधनको विषयमा सरकारमा नरहेका दलहरू सरकारले अघि सारेका मुद्दामा छलफल गर्न सकारात्मक भइनसकेको अवस्था एकातिर छ भने अर्कोतिर राष्ट्रियसभामा सत्ता पक्षीय दलको बहुमत सुनिश्चितता भइनसकेकाले उपयुक्त वातावरण बनाएर संविधान संशोधन अघि बढ्नेछ ।” 

उहाँले भन्नुभयो, “हामी अस्थिरता अन्त्य गर्छौँ ।” उहाँले नेपाली काँग्रेस र नेकपा एमालेबीच सात बुँदे सहमतिअनुसार सरकार अघि बढेको बताउनुभयो । 

महासचिव पोखरेलले तुलनात्मक रूपमा पहिले भन्दा राजश्व सङ्कलन वृद्धि भएको, सोधनान्तर स्थिति बचतमा रहेको, निर्यात इतिहासकै उच्च बिन्दुमा पुगेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button