तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो प्रसारण दिवसमा गुरुङ सम्मानित 

पोखरा । तमु सञ्चारकर्मी सङ्घ नेपालद्वारा गुरुङ भाषा समाचार प्रसारण दिवसको अवसरमा पोखरामा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । 

२०५१ साल भदौ १ गतेबाट रेडियो नेपालबाट गुरुङ भाषामा समाचार प्रसारण भएको अवसरमा तमु धी नेपालको रोधी हलमा कार्यक्रम आयोजना गरिएको हो  । 

गुरुङ भाषा प्रसारण दिवसको अवसरमा सार्वजनिक सेवा प्रसारण नेपालका सञ्चालक समिति सदस्य अनिता गुरुङलाई सम्मान गरिएको छ । उहाँलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री डा. टकराज गुरुङले सम्मान पत्र, घलेक र खादासहित सम्मान गर्नुभयो । 

तमु सञ्चारकर्मी सङ्घ नेपालका अध्यक्ष लाला गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न गुरुङ  सङ्घसंस्थाका प्रतिनिधिहरूले बधाई तथा शुभकामना मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रम तमु धी नेपालको विशेष सहयोगमा सम्पन्न भएको हो ।  

यसैबिच आज सार्वजनिक सेवा प्रसारण नेपालका सञ्चालक समिति सदस्य अनिता गुरुङद्वारा सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखराको निरीक्षण गरी निर्देशन समेत दिनुभएको छ  । 

उहाँले प्रादेशिक प्रसारण कार्यालय पोखरामार्फत प्राप्त सुझावलाई मनन गर्दे अघि बढ्ने आश्वासन दिनुभएको सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रादेशिक प्रसारण  कार्यालय गण्डकी प्रदेश पोखराका प्रमुख शान्ति गुरुङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button