एन्फाद्वारा साफ यु–१७ महिला च्याम्पियनसिपमा भाग लिने टोलीको बिदाइ
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले साफ यु–१७ महिला च्याम्पियनसिपमा भाग लिन जाने नेपाली टोलीको आइतबार बिदाइ गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा पदाधिकारीले नेपाली युवा टोलीको बिदाइ गरेको हो । प्रतियोगिता अगस्ट २० देखि ३१ सम्म भुटानमा हुनेछ । प्रतियोगितामा दक्षिण एसियाका चार राष्ट्र नेपाल, भुटान, बङ्गलादेश र भारतले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्नेछन् ।
डबल राउन्ड रोबिन लिग प्रणालीमा हुने प्रतियोगितामा प्रत्येक टिमले एक अर्कासँग दुई खेल खेल्नेछन् । अङ्क तालिकाको शीर्षस्थानमा रहने टोलीले उपाधि जित्नेछ ।
नेपालले २० अगस्टमा दाबेदार भारतसँग पहिलो खेल खेल्नेछ । अगस्ट २२ मा आयोजक भुटान र अगस्ट २४ मा बङ्गलादेशसँग खेल्ने तालिका रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्