तपाईँ सुन्दै हुनुहुन्छः

तिजको अवसरमा रेडियो नेपालमा मनोपरामर्श कार्यक्रम आयोजना

भदौ । सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरितालिका तिजको अवसरमा आज तनाव व्यवस्थापन (मनोपरामर्श) कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सामाजिक विविधताको पर्व तिजको सकारात्मक पक्ष ग्रहण गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।  

उहाँले सार्वजनिक सेवा प्रसारण नेपालको सङ्गठन संरचना अन्तर्गत केही काम सुरु भइसकेको र केही अन्तिम चरणमा पुगेको भन्दै कर्मचारीलाई मर्का नपर्ने गरि समायोजन प्रक्रिया अगाडि बढ्ने प्रष्ट पार्नुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र  विष्टले तिजका विविध पक्ष भएपनि यसलाई सामाजिकीकरणको विषयसँग जोडेर एकै धारणा बनाई अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा मनोविद खिमा रिजालले तनाव व्यवस्थापन सम्बन्धमा मनोपरामर्श दिनुभएको थियो । सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल दिदी बहिनी समूहका अध्यक्ष प्रज्ञा शरद र उपाध्यक्ष चन्दा बिष्टले यस्ता प्रकारका कार्यक्रमहरूले दिदी बहिनीहरू बिच सकारात्मक सोचको बिकास गर्दै अगाडि बढ्न मद्दत पुग्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हाल कार्यरत र अवकाश प्राप्त महिला कर्मचारीहरूको उपस्थिति थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button