तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा आइतबार सार्वजनिक बिदा

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी भाद्र १ गते आइतबार पाल्पा जिल्लामा सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेश मन्त्रिपरिषद्को २०८१ साल चैत १४ गतेको निर्णयअनुसार सो दिन पाल्पामा भगवती जात्रा मनाइने भएकाले बिदा दिने निर्णय गरिएको हो । 

नेपाल र इस्ट इन्डिया कम्पनीबीच वि.सं. १८७१÷७२ मा भएको युद्धमा नेपाली सेनाले प्राप्त गरेको ऐतिहासिक विजयको स्मरणमा प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन भव्य रूपमा भगवती जात्रा मनाउने गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button