पर्साको बहुदरमाईमा आगलागी, लाखौँको क्षति, १ घाइते
वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ मा आज बिहान आगलागी हुँदा स्थानीय राजु रामको कच्ची घर र गोठ जलेर नष्ट भएको छ ।
घरभित्रको चुल्होमा भैँसीका लागि खोले पकाउनका बालेको आगोबाट बिहान सवा ५ बजे आगलागी हुँदा घर र घरसङ्गै रहेको गोठ पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
आगलागीबाट घरभित्र रहेका लत्ताकपडा,भाँडावर्तन,अन्नपात जल्नुका साथै गोठभित्र रहेका पाडा र बाख्रा पनि जलेर मरेको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा जलेर घरधनी राजुराम पनि घाइते भएको र उहाँको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । घर र गोठमा लागेको आगो प्रहरी र स्थानीयले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । आगलागीबाट अन्दाजी ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमालको क्षति भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्