तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय दलित आयोगको चौथो वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौँ । राष्ट्रिय दलित आयोगको चौथो वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०/८१ प्रतिनिधिसभा पेश भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आयोगको चौथो वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

यसैगरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले प्रस्तुत गर्नुभएको राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको छ ।

यस्तै सभाले पूर्व राज्यमन्त्री एवं संविधानसभा सदस्य खड्ग बहादुर बस्यालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

नेपाली काँग्रेस पार्टीबाट २०६४ र २०७० सालको संविधान सभामा समानुपातिक सदस्यमा निर्वाचित, प्रजातन्त्र र लोकतन्त्र स्थापना एवं संविधान निर्माणमा अग्रणी भूमिका निर्वाह गर्नुभएका पूर्व राज्यमन्त्री बस्यालको यही साउन २३ गते ७४ वर्षको उमेरमा निधन भएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक भोली दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button