तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक: मलखाद, सिँचाइ र युवाको पलायनसम्बन्धी समस्यामा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले किसान तथा युवा सम्बन्धित समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा सांसदहरूले किसानलाई समयमै मलखाद, सिँचाइको चाडै व्यवस्थापन गर्न र दक्ष युवा शक्ति पलायन हुनुले मुलुकको अर्थतन्त्र र समग्र विकासमा प्रभाव परिरहेको भन्दै सरकारले युवा लक्षित उद्यमशील योजना र कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सांसदहरूले महिला, जनजाति,दलित, तथा सीमान्तकृत वर्गहरूलाई जनसङ्ख्याको आधारमा राजनीतिक तथा सामाजिक नेतृत्वको भूमिकामा ल्याइनुपर्ने पनि बताउनुभयो ।  

यस्तै सांसदहरूले त्रिभुवन विश्वविद्यालयमा विभिन्न माग राख्दै आएका विद्यार्थीका उचित मागको सम्बोधन गर्न, कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी राख्नु मानवअधिकार विरुद्धको काम भएको भन्दै यस समस्याको तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक २०८१ सभामा पेस गर्नुहुने सँगै पूर्व स्वास्थ्य राज्यमन्त्री एवं संविधानसभा सदस्य खड्गबहादुर बस्यालको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button