तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङ गोल्डकप : चर्च ब्वाइज क्लब ललितपुर सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ । ताप्लेजुङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप प्रतियोगितामा चर्च ब्वाइज क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । 

सोमबार सम्पन्न खेलमा लिजेन्ड फुटबल एकेडेमी सिलगुडीलाई १—० गोल अन्तरलाई पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेका हो । खेलको १० औँ मिनेटमा चर्च ब्वाइजका समीर जर्घाले गर्नुभएको गोल नै आजको खेलको निर्णायक बन्यो । 

लाखे जात्राको अवसरमा लाखे जात्रा सञ्चालन समितिद्वारा सञ्चालन भइरहेको प्रतियोगितामा भोली (मङ्गलवार) हुने क्वाटर फाइनलको अन्तिम प्रतियोगिता सिराहाको सलहेश युवा क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लब बिच प्रतिस्पर्धा हुने लाखे जात्रा सञ्चालक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो ।

आजको खेलको ‘म्यान अफ दि म्याच’ चर्च ब्वाईजका गोल किपर विश्वास चौधरी  हुनुभयो । चौधरीले ७ हजार प्राप्त गर्नुभयो । शनिवार देखि ताप्लेजुङको फुङलिङको भानु जनमाविमा सुरु भएको खेलमा सुनसरीको द योङ ब्रदर्श क्लब र झापाको रेड स्टार फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । 

३१ गते सम्पन्न हुने फाइनल खेलका विजेताले नगद ७ लाख २ हजार ८२ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै खेलमा सर्वोत्कृष्ट बन्ने खेलाडीले बाइक समेत प्राप्त गर्ने छ ।  भारतका एक सहित नेपालका चार ओटा प्रदेशका प्रतिष्ठित क्लबको सहभागिता रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button