तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली ब्याडमिन्टन टोली मङ्गलवार थिम्पु जाने

काठमाडौँ । नेपाली ब्याडमिन्टन टोली जुनियर दक्षिण एसियाली रिजन गेममा सहभागी हुन मङ्गलवार भुटानको थिम्पु जाने भएको छ ।

शुक्रवार सुरु हुने प्रतियोगितामा नेपालीबाट ३ फरक उमेर समूह १२ खेलाडी सहभागी हुने छन् । यु–१५ को पुरुषमा दीप थिङ र सुदेश राजकोटी तथा महिलामा स्वर्णिम श्रेष्ठ र निभा राई रहेका छन् । यु–१७ को पुरुषमा सुविन श्रेष्ठ र सदिप राई तथा महिलामा रिहाना शेरचन र दिलाशा थापाले खेल्ने छन् ।

यु–२० को पुरुषमा प्रिन्स दाहाल र क्षितिज खनाल तथा महिलामा रशिला महर्जन र आयुष्मा नेपालले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा सुनिल बराही तथा व्यवस्थापकमा वीरेन्द्र श्रेष्ठ रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले सोमवार बिदाइ गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button